जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

सर्लाही । जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका छन् । च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका –११ भलुवाईका बृजकुमार माझीको पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार माझीको परिवारले जंगलबाट ल्याएको च्याउ  आइतबार राति पकाएर खाएका थिए ।

च्याउ खाँदा बिरामी पर्नेमा बृजकुमारकी ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु, २८ वर्षीय बुहारी सविता। ५ वर्षीया नातिनी रिन्कु, ४ वर्षीय नाति अविनाश , ३१ वर्षीय माइला छोरा बिल्टु, उनकी २७ वर्षीया श्रीमती अञ्जुदेवी, बिल्टुका १० वर्षीय छोरा अमित, ५ वर्षीया छोरी प्रियङ्का र ३ वर्षीया छोरी मेनुका रहेको जिल्ला हप्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार बिरामी परेका माफी परिवारलाई हिजै राती उपचारका लागि अस्पताल पठायएको छ । माझीको परिवारको आर्थिक स्थिति निकै कमजोर रहेकाले वडा कार्यालय र प्रहरीको सहयोगमा उपचारका लागि जनकपुर अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार