ज्येष्ठ नागरिक दिवसमा प्रधामन्त्रीको शुभकामना :सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार पुर्याउछु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिएका छन् । दिवसको उपलक्ष्यमा मंगरबार सबै जेष्ठ नागरिक आमा बुवालाई सु स्वास्थ्य एंव दिर्घायुको शुभकामना गरेका छन् ।

शुभकामना सन्देश मार्फत प्रधानमन्त्री ओलीले आफ्नै कार्यकालमा ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन् ।

नेपालमा पहिलोपटक विसं २०५१ मा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता २०७६ साउनदेखि दुई हजार पु¥याइएको बताए ।

अहिलेको सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने खालका विभिन्न कार्यक्रम संचालन भइरहेको बताएका छन् । उनले वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार