विप्लवका दाइसँगै २१ जना कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइसँगै २१ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई दाङको राजापुर क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्द, राप्ती ब्यूरो इन्चार्ज केश बहादुर बाठा ‘सुवास’, राप्ती ब्यूरो एवं न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा ‘सुन्दर, राप्ती ब्यूरो कार्यालय सचिव सविन पोख्रेललगायत अन्य कार्यकर्ता रहेका छन् ।

त्यसैगरी जिल्ला ईन्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली युव संगठन नेपाल केन्दीय अध्यक्ष बविन केसी ९पाटन, जंगली०, सुनिल पौडेल, एकराज चौधरी, धनबहादुर बोहोरा, तिलक पुन, सुरज विक, हितप्रसाद रोका, पोष्टमान घर्ती, दल बहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुल बहादुर वली, विष्णु थापा रहेका छन् ।

राती ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको बताइएको छ । उनीहरुको साथबाट हतियार र विस्फोटक पदार्थ पनि बरामत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार