एक ठेकेदारद्धारा अर्का ठेकेदारको गोली हानी हत्या

काठमाडौं । धनुषामा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् ।
गोली प्रहारबाट जिल्लाको जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको मृत्यु भएको छ । उनको बुधबार बिहान जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा गोली हानी हत्या गरिएके प्रहरीले जनाएको छ ।

हत्या गरिएका शाह ठेकेदार भएको बताइएको छ । उनलाई बुधबार बिहान करिब साढे ९ बजे अर्का ठेकेदार स्थानिय ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा बोलाएर गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

गोली हानी साहको हत्या गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । चौधरीको साथबाट एक कटुवा पेस्तोलसमेत बरामद भएको डीएसपी कार्कीले बताए ।

साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र सोही विषयमा कुरा नमिल्दा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार