कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका मडाहा गाउँका सुरजकुमार पाण्डेको रहेका छन् ।
लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो ।
बुधबार साँझ लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अहिले कृष्णनगरमा कर्फ्यु जारी गरेको छ।
कर्फ्यूपछि झडप बढेपछि प्रहरीले गोली चलाएको हो। यसअघि प्रहरीले तनावलाई नियन्त्रण गर्न केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो।










