प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार साँझ डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको भन्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले डिस्चार्ज गरेको जानकारी दिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई बुधबार ग्राण्डी अस्पताल लगिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार