निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु,महरा जेल जालान त ?


काठमाडौं । आफ्नै सचिवालयकी महिलालाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

आइतबार दिउँसोबाट बन्द इजलासमा महराको थुनछेक बहस सुरु भएको बताइएको छ। शुक्रबार महराको बयान पनि बन्द इजलासमै भएको थियो । न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भएको उनले बयान दिएका थिए ।

थुनछेक बहश सकिएपछि आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश अदालतबाट आउने छ ।

महारबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद माग दाबी गर्दै बिहीबार मुद्दा दर्ता गरेको थियो ।
महरामाथि लागेको आरोप उनले आफ्नो बयानमा अस्विकार गरेका छन् ।बयानका क्रममा महराले पीडित भनिएकी महिलाको घर छेउ पुगे पनि कोठामा नगएको दाबी गरेका छन् ।

पीडित भनिएकी रोशनी शाहीले भने महराले आफ्नो कोठामा आएर जबरजस्ती करणी प्रयास गरेको र नमानेपछि आफूमाथि कुटपिट गरेको प्रहरी र भिडियामा बताइसकेकी छन् । पीडत भनिएकी शाहीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार