सुनकोशी नदीमा बस खस्याे मर्नेको संख्या १० पुग्यो, ४७ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा आइबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा मृतकको संख्या १० पुगेको छ भने ४७ जना घाइते भएका छन् ।

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खसेको हो । सुनकोशी नदीमा बस डुबेकाले उद्दार कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उद्दारको काम भइरहेकाले मृतक र घाइतेको पहिचान गर्न गाह्रो भएको छ । घाइते र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

दुर्घटनामा घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको बताइएको छ ।

बसको उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार