
काठमाडौं । सरकारले सात वटै प्रदेश प्रमुख भोली नियुक्त गर्ने भएको छ ।सात वटै प्रदेश प्रमुखमा कसलाई नियुक्त गर्ने भन्नेबारे सत्तारुढ दल नेकपामा करिब सहमती भइसकेकाले भोली सचिवालय बैठक बसेर निर्णय सार्वजनिक गरिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेसँगै नयाँ प्रदेश प्रमुख नियुक्तको तयारी सरकारले गरेको छ ।त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा आइतबार मन्त्रिपरिषद बैठक समेत बोलाएका थिए ।
सात वटै प्रदेश प्रमुख पदमुक्तबारे प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कडा आपत्ती जनाएको छ । काँग्रेस सभापति शेर शहादुर देउवाले आफु प्रधानमन्त्री हुँदा प्रदेश प्रमुख नियुक्त गरेका थिए ।












