चितवन । चितवन मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टलमा गोलीसहित हतियार भेटिएको छ । होस्टलमा शनिबार दिउँसो हतियार भेटिएको प्रहरीले बताएको छ ।
होस्टलका गार्डले होस्टलभित्र हतियार देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले अनुसन्धान गर्दा मेड इन युएसए लेखिएको हतियार र गोली फेला परेको बताइएको छ ।
हतियार र गोली कस्ले र किन ल्याएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चितवन मेडिकल कलेजमा केहि दिनदेखि कलेजले उठाइरहेको गैरकानुनी शुल्कको विरोध हुँदै आइरहेको छ । विद्यार्थीले चिकित्सा शिक्षा संघर्ष समिति पनि गठन गरेर सक्रिय रुपमा काम गरिरहेका छन् । आन्दोलनको अगुवाई प्रकाश चन्दको नेतृत्वमा अध्ययनरत विद्यार्थीद्वारा गठित समितिले गरिरहेको छ ।
समितिले आइतबार चितवनमा सर्वसाधारको सहभागितामा बृहत् आमसभा गर्ने तयारी गरिरहेको थियो।















