काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेसन गरिएको छ । उनको मंगलबार एपेन्डिसाइको अप्रेसन गरिएको हो ।
पेट दुख्ने समस्या बढेपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्रीको चिकिल्सकले स्वास्थ्य परिक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लगाएका थिए ।
रोग पत्ता लागेपछि अपरेशन गरिएको थियो । अहिले सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) मा रहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको छ ।
यसअघि आइतबार प्रधानमन्त्रीको चौथो पटक डायलासिस गरिएको थियो ।














