काठमाडौं । यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राजनैतिक दलहरु प्रचार प्रसारमा व्यस्त छन् । आफ्ना उम्मेदवारलाई जिताउनका लागि नेताहरु गाउँ गाउँमा पुगेर प्रचारमा व्यक्त भएका हुन् ।
चुनावका लागि घरघरमै पुगेर भोट माग्ने नेताहरुको पुरानै बानी हो । तर जितिसकेपछि भने कुनै प्रतिक्रिया दिदैंनन् । यो कुरा जनताले पनि राम्रोसँग बुझेका छन् ।
चुनाव आउन अब तीन दिन मात्रै बाँकी छ । आज मध्यरातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन भनेको छ ।
त्यसैले उम्मेदवारहरु आज अन्तिम प्रचारमा व्यस्त छन् । उम्मेदवारहरुले गर्ने घरदैलो, जनसभा लगायतका कार्यक्रम आज अन्तिम हुनेछन् ।
मंसिर १४ गते बिभिन्न कारणले रिक्त ५२ पदका उपनिर्वाचन हुँदैछ । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यहाँ २२ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी प्रदेशसभाका लागि भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा क्रमशः १९, १० र १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।















