अब छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोकिने,छाउगोठमा बस्नेलाई पनि कारवाही हुने


काठमाडौं । बर्षेनी छाउगोठमा महिलाको ज्यान जान थालेपछि सरकारले कडा कदम चालेको छ । गृह मन्त्रालयद्धारा मंगलबार जारि गरिएको परिपत्रमा महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सम्पुर्ण सामाजिक सुरक्षा भत्ता रोक्का गर्न भनिएको छ ।

गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र पठाउदै यस्तो निर्देशन गरिएको हो ।

परिपत्रमा महिलाहरुलाई महिनावारी भएकावखत छाउगोठमा राख्नेहरुको बृद्धसहित सबै सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा समेत रोक्न भनिएको छ ।

परिपत्रमा महिनावारी भएकावखत छाउगोठहरुमा बस्ने महिलाहरुलाई पनि कारबाही गर्न भनिएको छ । यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हरेक जिल्लामा समिति बनाउन र छाउगोठ नष्ट गर्न गहृमन्त्रालयद्धारा पठाइएको परिपत्रमा भनिएको छ ।

सुदूरपश्चिम तथा कर्णली प्रदेशका खस पहाडी समुदायमा महिनावारी भएको वखत महिलालाई घरभित्र नराखी छुट्टै राख्ने गरिन्छ । घरभन्दा टाढा राख्दा महिला तथा किशोरीहरुले बर्षेनी बलात्कार, सर्पको टोकाइ लगायतका समस्या झेल्दै आएका छन् । महिनावारी हुँदा दही, दूध खान नदिने र पानीको धारा पनि छुन नदिने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार