बलात्कारका आरोपी सिद्धबाबाले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो प्रमाणित, आज अदालतमा हाजिर गराइदै


विराटनगर । ‘सिद्धबाबा’ नामले प्रख्यात बलात्कारको आरोप लागेका धार्मिक गुरु कृष्णबहादुर गिरीले पीडितलाई मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड प्रमाणित भएको छ ।

पीडित महिलालाई सिद्धबाबाले फोनमार्फत मुद्धा फिर्ता लिन दवाब दिएको अडियो रेर्कड बाहिरिएपछि उनले प्रहरीसामु उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए ।

महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उक्त अडियो रेर्कड उपलब्ध गराएकी थिइन । त्यसपछि उक्त अडियो रेर्कडलाई प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौंमा परिक्षण गर्दा सिद्धबाबाकै अडियो भएको प्रमाणित भएको हो।

काठमाडौंमा बसोबास गर्दै आएकी सिद्धबाबाकी एक महिला अनुयायीले आफुमाथि सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन ।

उजुरीपछि प्रहरीले सिद्धबाबालाई प्रकाउगरी अनुसंन्धान गरिरहेको छ । उनि अहिले पनि हिरासत मै छन् । उजुरीपछि पीडित महिलालाई सिद्धबाबाले फोनगरी “मेरो हातबाट गल्ती भयो, मलाई बचाउँ, मेरो कारणले धर्म नष्ट हुनेभयो, मुद्धा फिर्ता गरेर मलाई बचाउँ,” भनि रुदैं भनेको कुरा पीडित महिलाले फोनमा रेर्कड गरेकी थिइन ।

सिद्धबाबाले पीडित महिलासंग करिब एक घण्टा २० मिनेट फोनमा कुराकानी गरेका थिए ।फोन सम्पर्कमा मुद्दा फिर्ता लिए आफू लिङ्ग काट्न तयार रहेको सिद्धबाबाले फोनमा भनेका थिए ।

प्रहरीले सिद्धबाबाको उक्त प्रमाणित अडियो रिर्पोट सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । वकिलको कार्यालयले सो मुद्दाको मिसिल अध्ययनगरी आजै मिसिल बुझाएर सिद्धबाबालाई अदालतमा हाजिर गराउने तयारी गरेको छ ।

बलात्कारको आरोपमा सिद्धबाबा मंसिर १६ गते पक्राउ परेका थिए ।
पीडितबाट उजुरी परेकी केहि समय ढिलागरी प्रहरीले उनलाई पक्राउ गरेको थियो । सिद्धबाबा राजनितिक रुपमा निकै पहुँच राख्ने भएकाले प्रहरीले सितीमिती पक्राउ गरेको थिएन । उजुरीपछि थप अनुसंन्धान गरेर मात्रै पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार