काठमाडौँ — सन् २०१९ भरि विश्वका प्रमुख घटनालाई प्रतिनिधित्व गर्ने १२ देशका १२ तस्बिर ।

कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएपछि काँडेतारले अनुहार छापेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी ।

मेक्सिको हुँदै अवैध रुपमा अमेरिका जानेक्रममा रियो ब्राभो नदीमा डुबेर ज्यान गुमाएका साल्भाडाेरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज उनकी २३ वर्षीया छोरी भ्यालेरियाको शव, रामिरेजकी श्रीमतीको भने सकुशल उद्धार भएको थियो । तस्बिर रोयटर्स

हङकङमा सरकारविरोधी प्रदर्शनमा अश्रुग्याँसबाट बच्न मास्कसहित उत्रिएका प्रदर्शनकारी तस्बिर : एपी

अफ्रिका कप अफ् नेसन्समा सेमिफाइनलमा नाइजेरियालाई हराएपछि अल्जेरियाका समर्थक खुशी मनाउँदै तस्बिर : रोयटर्स

हमास र इजरायलबीचको युद्धमा क्षतविक्षत भएको भवन अगाडि प्यालेस्टाइनको गाजा क्षेत्रमा रमदानको अवसरमा व्रत तोड्दै प्यालेस्टिनी नागरिक तस्बिर : एएफपी

सुडानको राजधानी खार्तुममा गत अप्रिलमा ‘गाई फक्स’ को मास्क लगाएर विरोधमा उत्रिएका प्रदर्शनकारी तस्बिर : रोयटर्स

मोजाम्बिकमा गत मार्चमा आएको इदाई आँधीबाट बच्न प्लास्टिकको सहारामा ११ वर्षीया इनिया जोक्विन लुइस, यस आँधीका कारण मोजाम्बिकमा४१७ जनाको ज्यान गएको थियो । तस्बिर : एएफपी

यमनको हजाह प्रान्तमा रहेको अस्पतालमा उपचार गराउँदै फातिमा इब्राहिम हादी, कुपोषणले ग्रस्त १२ वर्षीया फातिमाको तौल केवल १० किलोग्राम रहेको छ । तस्बिर : रोयटर्स


इराकको बग्दादमा तहरिर स्क्वायरमा रहेको ‘ग्राफिटी’को अगाडि तस्बिर खिचाउँदै एक महिला तस्बिर : एपी

चिलीमा सरकारविरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई लखेट्दै प्रहरी र चिसो खाँदै उभिएका प्रत्यक्षदर्शी तस्बिर : रोयटर्स