कैलाली । टिकापुर घटनामा अदालतले दोषी ठहर गर्दै जेल भुक्तान गरिरहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका एकजना सांसद जेल चलान भएका छन् । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुणकुमार चौधरी जेल चलान भएका हुन्। उनलाई आज प्रहरीले जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले सांसद चौधरीलाई जेल चलान गरेको हो ।
सांसद चौधरीमाथि १० वर्षअगाडि थरुहट आन्दोलनमा अरुको ट्याक्टरमा आगजनि गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई जरिवाना तिर्न फैसला गरेको थियो। फैसलापछि उनि फरार रहेका थिए ।
प्रहरीले उनलाई विहीबार बाँकेबाट पक्राउ गरेर अदालतमा बुझाएपछि जेल चलान गरेको हो । सांसद चौधरीलाई जेल चलान गरिएको घटनाप्रति नागरिक उन्मुक्ति पार्टीले आपत्ति जनाएको छ ।
भिडियो पनि हेरौं