भारतमा बन्यो विश्वकै सबैभन्दा महंगो चकलेट, मुल्य कति ?


एजेन्सी । चकलेट भन्दा अधिकांसको मुख रसाउछ । विश्वका विभिन्न कम्पनीहरुले हरेक किसिमका चकलेटहरु बनाएर नयां नयां रेर्कडहरु राखेका छन् ।
यस्तै चकलेटमा हालै एक अर्को नयां रेर्कड कायम गरिएको छ । भारतको चर्चित आइटीसी कम्पनीले विश्वकै सबैभन्दा महंगो चकलेट बनाएको छ ।

ट्रिनिटी–ट्रफल्स नाम राखिएको उक्त चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैयाँ पर्छ ।
यो चकलेटले विश्वको सबैभन्दा महंगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन समेत सफल भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

दुनियाको सबैभन्दा महंगो यो चकलेटका ३ वटा प्रकार तयार गरिएको छ । पहिलोमा टाहिटियन भेनिल्ला बिन्ससँगै टोस्टेड कोकोनट गार्निसको प्रयोग गरिएको छ ।

अर्कोमा घाना डार्क चकलेट र जमैका ब्लू माउन्टेन कफीको मिश्रण रहेको छ भने तेश्रोमा डोमिनिक डार्क चकलेट प्रयोग गरिएको छ ।

यस चकलेटलाई फ्रान्सका चर्चित शेफ फिलिप कन्टिसिनी र फेबेलका मास्टर चकलेटियरले मिलेर बनाएका हुन् ।
यो चकलेट हातले बनाइएको एउटा काठको बाकसमा राखेर बिक्री हुनेछ । एक बक्समा १५ वटा चकलेटका गोला हुनेछन् र प्रत्येकको वजन १५ ग्राम हुनेछ । जस अनुसार एउटा बक्साको मूल्य १ लाख भारु तेकिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार