
काठमाडौं । गृह मन्त्रालयले किसानको उखुको पैसा नदिने व्यापारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।
कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेकोमा गृहले आज यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी नदिने व्यापारीलाई तत्काल सम्पर्कमा ल्याउन सहयोग गर्न पत्राचार गरेको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
गृहले अन्नपूर्ण सुगर इन्ड्रस्ट्रिज र इन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई तत्काल खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गराइदिन प्रहरीलाई पत्राचार गरेको हो ।
उद्योगीहरुले उखु खरिद गरेको भुक्तानी नदिएको भन्दै किसानहरु विगत ११ दिनदेखि काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन गरिरहेका छन् ।











