
काठमाडौं । भारतले नेपालको भुमी मिचेको बिषयलाई लिएर देशैभरी बिराध भइरहेका बेला चीनसंग सीमा व्यवस्थापनबारे गृहमन्त्री राम बहादुर थापा बादलले छलफल सुरु गरेका छन् ।
चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सोमबार चिनियाँ पब्लिक सेक्युरिटी मन्त्री तथा स्टेट काउन्सिलर झाउ केझीसंग नेपाल र चीनबीच सीमा व्यवस्थापनबारे बेइजिङमा छलफल गरेका छन् ।
छलफलमा गृहमन्त्री बादलले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालभित्र चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने चिनीयां मन्त्री केझीलाई बताएका थिए ।
गृहमन्त्री बादलले सामाजिक-आर्थिक विकास, सुरक्षा, मानवस्रोत विकास, आपतकालीन राहतमा गरेको सहयोगका लागि चीनलाई धन्यवाद ज्ञापन गरे ।
भेटमा दुबै नेताहरू सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि एकअर्काबीच सूचना आदानप्रदान तथा सहयोग गर्न बिषयमा सहमती समेत भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार सीमा व्यवस्थापनको अलावा सार्वजनिक सुरक्षामा द्विपक्षीय सहयोग, सीमा वारपार अपराध नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ ।
गृहमन्त्री बादलको चीन भ्रमण अघि नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत अप्रिलमा चीन भ्रमण गरेकी थिइन । चीनबाट पनि चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिलो पटक नेपाल भ्रमण गरेसंगै दुबै देशको मित्रता थप उचाई पुगेको छ ।








