अनेरास्ववियू र नेविसंघबीच आरआर क्याम्पसमा कुटाकुट, आधा दर्जन घाइते


काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी ९आरआर० क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ ।
झडपमा परी दुबैपक्षका आघा दर्जन बिधार्थी नेताहरु घाइते भएका छन् ।

झडपमा नेविसंघका आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का र अनेरास्ववियूका सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने लायतका बिधार्थी नेताहरु घाइते भएको छन् ।

झडप हुँदा प्रहरीले केहि बिधार्थी नेताहरुलाई नियन्त्रणमा लिएको छ । नेविसंघका पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए ।

उनले तत्काल नेविसंघका बिधार्थी नेताहरुलाई रिहा नगरे देशभर आन्दोलित गर्ने चेतावनी दिए । दुबै पक्षका बिधार्थी नेताहरुबीच झडप हुनुको कारण भने बताइएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार