शिवरात्रीको अवसरमा पशुपतिमा पहिलो पटक लाखौंका फुल र लाइटको सजावट (फोटोफिचर)


काठमाडौं । महाशिवरात्रीको अवसरमा यसबर्ष पहिलो पटक पशुपतिनाथ मन्दिर क्षेत्र रंगीचंगी फुल र लाइटले सजाइएको छ । महाशिवरात्रीको अघिल्लो साँझ पशुपति क्षेत्रलाई दुलही झै सिंगारिएको छ ।

मन्दिरका सम्पुर्ण गेट, साना, ठुला मन्दिर लगायत परिसरमा प्राकृतिक फुलहरुले आर्कषक गेटहरु बनाउँदै दर्शनार्थीहरुका लागि फोटो खिच्ने स्थलहरु समेत बनाइएका छन् ।

पर्यटन बर्ष २०२० लाई मध्यनजर गर्दै मन्दिर परिसरका भिजिट नेपाल २०२० का ब्यानरहरु पनि राखिएका छन् । बिशेषगरी यसबर्ष एउटा भारतिय कम्पनीले मन्दिर सजावट गरेको हो ।

उसले सरकारको अनुमती लिंदै स्वईच्छाले करिब दुई करोडका फुल र लाइटहरुले मन्दिर परिसर झकिझकाउ गरेको हो । उक्त सजावट हेरेर मन्दिर परिसर झिरेका जो कोहि पनि दंग पर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार