
सुनसरी । आफ्नै अनुयायी महिला बलात्कार गरेको अभियोग लागेका फरार ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरी कारागार चलान भएक छन् । फरार रहेका उनले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरे गलत्तै उनलाई अदालतको आदेश अनुसार कारागार लगिएको हो ।
अदालतको आदेश अनुसार उनलाई सुनसरीको झुम्का कारागार गरिएको सुनसरीका डिएसपी विनोद शर्माले बताए ।
उच्च अदालत विराटनगरले सिद्धबाबालाई गत माघ ९ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।अदालतमा सुनुवाइ चल्दै गर्दा उनि आश्रमबाट भारततर्फ भागेका थिए ।
उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अर्को आदेश दिएको थियो ।
यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।
सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक भएर आश्रम चलाइरहेका उनि बिरुद्ध उनकै अनुयायी एक महिलाले सिद्धबाबाले दीक्षा दिने बहानामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएपछि उनि पक्राउ परेका थिए ।











