
काठमाडौँ । बलात्कारको आरोपमा अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
काठमाडौ जिल्ला अदालतले उनिबिरुद्धको मुद्धामा बिहीबार यस्तो फैसला सुनाएको हो । जिल्ला अदालत काठमाडौका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनिमाथि लागेको आरोपमा दोषी ठहर गर्दै फैसला सुनाइएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जनाकारी दिए ।
फैसलमा राईबाट १ लाख ५० हजार क्षतिपुर्ति भराउन समेत आदेशमा भनिएको छ ।
गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए । पीडित युवतीको उजुरीपछि पक्राउ परेका राइमाथि बलात्कारको मुद्दा चलायएको थियो ।










