काभ्रे । काभ्रेका दुई जना युवामा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणबाट उनीहरुको नजिता पोजेटिभ देखिएको हो ।
वैदेशिक रोजगारीबाट फर्केका ती युवा बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका रहेका छन् । उनीहरुको रिर्पोट पोजेटिभ आएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वाबको नमूना संकलन गरी थप परिक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
बेथान्चोक–५ का युवा चैत ९ गते भारतबाट फर्किएका थिए भने मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए।
नेपाल बाहिरबाट आएका उनीहरु सरकारको नियम पालना गर्दै २२ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।
काभ्रेमा पनि विदेशबाट आएका सबैको कोरोना परीक्षण भइरहेको छ ।









