राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित, काँग्रेसका उम्मेदवारको जम्मा १७ मत

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नेता नारायण दाहाल निर्वाचित भएका छन् । आज राष्ट्रिय सभामा भएको मतदानमा ५६ जना सांसद उपस्थित भएकोमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ ।

यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरेकी छन् ।

दाहाल एमालेसहितको नयां बनेको सत्तारुढ दलहरुको तर्फबाट साझा उम्मेदवार थिए भने कांग्रेस र लोसपाका तर्फबाट साझा उम्मेदवारका रुपमा काँग्रेसका युवराज शर्मा थिए् ।

राष्ट्रिय सभाको अध्यक्षको यस निर्वाचनमा राष्ट्रिय जनमोर्चा भने सहभागी भएन।

अध्यक्षमा निर्वाचित दाहाल २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय भई २०५७ सालदेखि माओवादीको केन्द्रीय नेताका रुपमा सकृय थिए। अध्यक्ष दाहाल २०१२ सालमा जन्मिएका हुन भने उनि प्रधानमन्त्री प्रचण्डका भाइ समेत हुन् । प्रधानमन्त्ती प्रचण्डसँगै दाहाल २०२७ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए भने २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा पूर्णकालीन सदस्य भएका थिए ।

राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बन्दै गर्दा दाहाल प्रचण्डका भाई भनेर कतिपयले परिवारवादको आरोप पनि लगाएका छन् । तर, उनले आफ्नो लामो राजनीतिक जीवन र नेपालको ब्यवस्था परिर्बतनमा अरुको भन्दा कम योगदान नरहेकाले उक्त पदका लागि योग्य रहेको बताउँदै आएका छन् । प्रचण्डको भाई भएका कारण नभएर आफ्नै राजनीतिक योगदानको मुल्याङ्न हुनु पर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार