काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको केन्द्र पछिल्लो समय अमेरिका बनेको छ । अमेरिकामा एकैदिन २४ सयबढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ लाख नाघेको छ ।
मंगलबार मात्रै एकैदिन अमेरिकामा २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ ।
त्यस्तै संक्रमितको संख्या पनि हजारौंले बढेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार एकैदिन २६ हजार ९ सय ४५ नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ ।
मृतक र संक्रमितको एकै दिन बढेको यो संख्या अहिलेसम्कै ठुलो हो । कोरोना भाइरसको महामारी फैलिएसँगै पहिलोपटक अमेरिकाको सबै राज्यमा आपतकालको घोषणा गरिएको छ ।









