काठमाडौं । सुनको मुल्यमा अहिलेसम्मकै नयां रेर्कड कायम भएको छ । केहि दिनदेखी निरन्तर बढ्दै गइरहेको सुनको मुल्य बिहीबार तोलाको ७० हजार पुगेको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो ।
सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेर ७० हजारमा कारोवार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनतर्फ लगानीकर्ताहरु आकर्षित भएकाले सुनको मुल्य निरन्तर उकालो लागेको बताइन्छ।
बिहीबार चाँदीको मूल्य भने तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा अघिल्लो दिनको मुल्यमा १५ रुपैयाँले बढेको हो।










