
रौतहट । रौतहटमा कुटपिटबाट एक युवाको हत्या भएको छ । जिल्लाको कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवलाई गएराती निर्घात कुटपिट गरी हत्या गरिएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवलाई उनकै साथी राधे दासले गएराति १० बजेतीर बोलाएर लगेको र केहीबेरपछि उनि गम्भीर घाइते अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
टाउको र छाती गम्भीर चोट लागेका यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनका साथी दासलाई नियन्त्रणमा लिई अनुसन्धाान गरिरहेको छ ।










