
काठमाडौं । कानुनमन्त्री सोविता गौतमले मन्त्रीहरुको मर्यादाक्रममा ठुलै छलाङ मारेकी छन् । उनि सातौं नम्बरबाट सिधै तेस्रो नम्बरमा पर्न सफल भएकी छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरअनुसार मन्त्री गौतम तेस्रो नम्बरमा परेकी हुन् ।
प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा मन्त्री गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा पुगेकी छन् ।
यसअघि तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल थिए भने चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पाँचौँमा गृहमन्त्री सुधन गुरुङ, छैटौँमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल थिए ।
नयाँ मर्याक्रम अनुसार दोस्रो स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत छन् भने तेस्रोबाट झरेर मन्त्री खनाल चौथोमा, मन्त्री श्रेष्ठ पाँचौँ, मन्त्री गुरुङ छैटौँ र मन्त्री लम्साल सातौँ स्थानमा पुगेका छन् ।
यसैगरी, विज्ञानमन्त्री महावीर पुन आठौँ, महिलामन्त्री सीता वादी नवौँ, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल दसौँ, स्वास्थ्य मन्त्री निशा मेहता ११औँ, शिक्षा मनत्री सस्मित पोखरेल १२औँ, पर्यटनमन्त्री खडक राज पौडेल १३औँ, संचारमन्त्री डा. विक्रम तिमिल्सिना १४औँ र कृषीमन्त्री गीता चौधरी १५औँ स्थानमा यथावत् छन् । उद्योगमन्त्री दीपक कुमार साह १६औँ र श्रममन्त्री रामजी यादव १७औँ स्थानमा छन् ।










