करेन्ट लागेर धादिङमा दुईको मृत्यु सात घाइते

काठमाडौं । करेन्ट लागेर धादिङमा दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षीय सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षीय सानोमान तामाङ रहेका छन् ।

त्यस्तै करेन्ट लागेर ७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

राति पौने ११ बजे ट्रान्समिटर पड्किएर भएको घटनामा घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्था र दुई जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन जाँदा घरमा विद्युतीय सामग्री चलाउने क्रममा करेन्ट लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार