लकडाउन अझै एक साता लम्ब्याउन कार्यदलकाे सरकारलाई सिफारिस

काठमाडौं । लकडाउनलाई अझै एक साता लम्ब्याउन सरकारलाई सिफारिस गरिएको छ । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप्नुपर्ने भन्दै सरकारलाई सिफारिस गरेको हो ।

आजै बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रणमा सहयाेग पुगेकाे निष्कर्ष निकालेको थियो । यसका साथै बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत उठेका थिए ।

उच्चस्तरीय समितिको बैठकपछि भएको कार्यदलको बैठकले लकडाउन वैशाख १५ पछि एक साता बढाउनु पर्ने सुझाब दिएको छ ।
त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् ।

यद्यपि यसबारे अन्तिम निर्णय भने भोली बस्ने मन्त्रिपरिषदकाे बैठकले  गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार