कोठा बाहिर ताला ठोकेर भित्र जुवा, १३ जना पक्राउ, ४ लाख बढि बरामद


काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन्।

ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

जुवा खेरिहेका १३ जना जुवाडेबाट प्रहरीले ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद गरेको एसपी सुवेदीले बताए ।

जुवा खेलिरहेको सूचनाका आधारमा उनिहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो । पक्राउ गरिरहेका उपर आवश्यक कारवाही सुरु गरिएको एसपी सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार