कोरोना उपचार कोषमा शेष घले दम्पतीद्धारा ३ करोड सहयोग


काठमाडौं । शेष घले र उनकी श्रीमती जमुना गुरुङले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
घले दम्पतीद्धारा स्थापना गरिएको एमआईटी ग्रुप फाउण्डेसनमाफृत उक्त रकम हस्तान्तरण गरिएको हो ।

कोषका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको फाउण्डेसनले जनाएको छ । घले दम्पतीद्धारा स्थापना गरिएको उक्त फाउण्डेसनले नेपालमा लामो समयदेखि राहातका काममा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार