
काठमाडौं । सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धीको जाहेरी सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि दर्ता गर्न अस्विकार गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले आफ्ना सांसद यादवलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्वआईजिपी सर्वेन्द्र खनालविरुद्ध अपहरण गरेको भन्दै मंगलबार वकिलको कार्यालयमा जाहेरी दिन गएका थिए ।
यसअघि महानगरीय प्रहरी परिसर टेकुले पनि उनको जाहेरी दर्ता नमानेपछि सरकारी वकिलको कार्यालय गएका थिए ।
कार्यालयमा दुई घण्टा लामो छलफल गर्दा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले आफ्नो जाहेरी दर्ता गर्न नमानेको जसपाका एक नेताले बताए ।
सांसद यादवलाई सांसद बस्नेत, श्रेष्ठ र पूवआईजिपी खनालले वैशाख १इ गते महोत्तरीबाट रातारात काठमाडौं ल्याई एक होटलमा राखेका थिए । जसलाइ जसपाले आफ्नो पार्टी फुटाउन सांसद यादवको अपहरण गरिएको भन्दै कानुनी उपचार खोजिरहेको छ । उसले प्रधानमन्त्री केपी शमौ ओलीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गर्दै आएको छ ।









