अमेरिका । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ४ सय ४७ रहेको छ ।
त्यस्तै अमेरिकामा ४४ लाख १४ हजार ८ सय ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमण तिब्र रुपमा बढीरहेको छ ।










