काँग्रेसद्धारा रोल्पा बम विस्फोटको छानविन गर्न माग


काठमाडौँ । प्रतिपक्ष नेपाली कांग्रेसले रोल्पामा भएको बम विस्फोटको छानविन गर्न सरकारसंग माग गरेको छ ।
विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाप्रति दुख ब्यक्त गर्दै काँग्रेसले घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकास शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जहाँ कहीँ पनि होलान्, यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ’

चार जना बालबालिकाको ज्यान जानेगरी भएको विस्फोटको घटनाका दोषीलाई कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ ।

‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरीलाई हृदयदेखि गम्भीर र आत्मालोचित बनाउने अपेक्षा छ,’ विज्ञप्तिमा भनिएको छ।

बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम बिस्फोट हुँदा स्थानिय ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार