
कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका-५ माओवादी केन्द्रको प्यानलै विजयी भएको छ। माओवादीबाट वडाध्यक्षमा उम्मेदवार लाल बहादुर चौधरी भारी मतअन्तरले निर्वाचित भएका छन । लालबहादुरले नेकपा एमालेका साईतु कुमार चौधरी भन्दा दोब्बर ८१५ र नेपाली काँग्रेसका जित बहादुर चौधरी भन्दा ४६१ मतको अन्तरले हराउँदै विजयी भएका हुन् । त्यस्तै राप्रपाका मोहन सिह विष्टलाई १ हजार १७६ मतको अन्तरले हराएका छन्।













