
(तस्बिर: दैनिकभास्कर)
भारत । लकडाउनको तेस्रो चरणमा भारतमा रक्सी पसल खुलेपछि किन्नेको ठुलो भिड लागेको छ । सामाजिक दुरी कायम नगरी रक्सी पसलमा अनियन्त्रित भिड लागेपछि प्रहरीले लाठी चार्ज समेत गरेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
भारतमा सोमबारदेखि सरकारले रक्सी पसल खोल्ने निर्णय गरेपछि बिहानै देखि पसलहरुमा ग्राहकहरुको एक किलोमिटरसम्मको लाइन लागेको छ ।
दैनिक भास्करकाअनुसार दिल्लीको देशबंधु गुप्ता रोडमा रहेको रक्सी पसल अगाडी एक किलोमीटरसम्मको ग्राहकको लाइन लागेको थियो
। त्यसैगरी कश्मीरी गेट लगायत अन्य ठाँउका रक्सी पसलमा ग्राहकहरुले सामाजिक दुरी पालना नगरेपछि प्रहरीले लाडी चार्ज गरेको थियो ।
गत शुक्रबार भारतको गृह मन्त्रालयले लकडाउन दुई साता लम्ब्याउँदै केहि स्थानमा खुकुलो बनाउन तीन तहको वर्गीकरण गरेको थियो।सरकारले रेड, ओरेन्ज र ग्रीन जोनमा वर्गीकरण गरेको छ। तर तिनै जोनमा रक्सी पसल खोल्न अनुमति दिएको छ।
दिल्ली सरकारले रक्सी पसल बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म मात्रै खोल्न अनुमति दिएको छ। पसलमा अनिवार्य भौतिक दूरी कायम गर्न भनिएको छ। दिल्लीमा १५० वटा रक्सी पसल खोल्न अनुमति दिइएको छ।

(तस्बिर: दैनिकभास्कर)
आन्ध्रप्रदेशमा पनि बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म रक्सी पसल खोल्न दिने सरकारले निर्णय गरको छ । आन्ध्रप्रदेशमा सरकारले २५ प्रतिशत रक्सी महँगो गरेपनि बिहानेदेखि किन्नेहरु आधा किलोमीटरसम्मको लाइनमा रहेको बताइएको छ । रक्सी किन्नेहरु चर्को गर्मी र संक्रमणको कुनै प्रवाह नगरी सयौं जना लामबद्ध भएर उभिरहेका छन् ।
यता, सबैभन्दा बढी संक्रमण फैलिएको महाराष्ट्रका पाँच जिल्लामा भने सरकारले रक्सी पसल खोल्न दिएको छैन। महाराष्ट्र भारतको सबैभन्दा कोरोना प्रभावित राज्य हो । जहाँ करिब १३ हजार संक्रमित पुगेका छन भने ५४८ जनाको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म संक्रमितको संख्या करिब ४३ हजार पुगेको छ भने १ हजार ३ सय ९६ जनाले मृत्यु भइसकेको छ ।









