सीमानाकामा सुरक्षाका लागि खटिएका प्रहरीको मृत्यु

काठमाडौं । सीमानाकामा सुरक्षाका लागि खटिएका एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्की रहेका छन् ।

सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका उनको एक्कासी मृत्यु भएको बताइएको छ ।
उनी डिउटीमै रहेको बेला एक्कासी बेहोस भएर ढलेका थिए ।

उनलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पु¥याइएको थियो । तर अस्पतालमा चिकित्सकले उनलाई पमृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन् । शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले कारण भन्न नसकिएको बताइएको छ ।
झापाको चन्द्रगढीका कार्कीको शव परिवारका सदस्यलाई जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार