
नवलपरासी । आलोचनाकै बीच पूर्वी नवलपरासीमा १ सय ५४ वटा शव जमिनमा गाडिएको छ ।
भोटेकोशी बाढीले बगाएर नारायणी नदी हुँदै पूर्वी नवलपरासीमा भेटिएका शवमध्ये पहिचान खुल्न नसकेका १ सय ५४ वटा शवलाई स्थानिय प्रशासनले जमिनमुनी व्यवस्थापन गरेको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासीकाअनुसार कावासोती नगरपालिका–३ ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिका–१ दिव्य मध्यवर्ती सामुदायिक वनमा ती शवहरु जमिनमुनि व्यवस्थापन गरिएको हो ।
भोली पहिचान गर्न सहज होस भनेर शवहरुबाट डीएनए नमुना संकलन गरेर मात्रै व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि चितवनमा पनि पहिचान खुल्न नसकेका शवहरुलाई डीएनए संकलन गरेर जमिनमुनी गाडिएको थियो ।
आफन्तहरुले शव बुझ्न नपाउँदै जमिन गाडिएको भन्दै आलोचना पनि भइरहेको छ । यहि बिषयमा कोशी प्रदेशका सचिव कोषहरी निरौलाले आलोचना गर्दै सामाजिकसंजालमा सुझाव दिदा उनलाई सरकारले रसुवा सरुवा गरेको छ ।














