भारतलाई ओली-प्रचण्डको आग्रहः विषयलाई थप जटिल बनाउने गतिविधि रोक्नुहोस (विज्ञप्तिसहित)


काठमाडौं । सत्तारुढ नेकपाले नेपाली भूमी लिपुलेकमा भारतले बनाएको सडकप्रति गम्भिर ध्यार्कषण भएको जनाएको छ ।
पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डद्धारा शनिवार राती जारी एक विज्ञप्ति मा भनिएको छ, “भारतले एकतर्फी रुपमा लिपुलेकमा सडक निर्माण कार्य सुरु गरेकोप्रति हाम्रो गम्भिर ध्यानार्कषण भएको छ, दुई देशका सरकारले उच्चस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति विपरित सडक निमार्ण कार्य भइरहेको छ ।”

भारतले एकलौटीरुपमा लिपुलेकमा सडक निर्माण कार्य गरेर नेपालको सार्वभौमिकतालाई कमजोर आँकिएको ठहर नेकपाले गरेको अध्यक्षद्वय ओली र प्रचण्डद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाले विज्ञप्तिमार्फत तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल बनाउने गतिविधि रोक्न भारतलाई आग्रह समेत गरेको छ ।

सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत पुनः स्पष्ट पारेको छ ।

“यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्याउँदै आएको छ र पछिल्लो पटक भारतले नयाँ राजनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कुटनीतिक नोटमार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,” जारी विज्ञप्तिमा भनिएको छ ।

दुई देशबीचको लामो मैत्रिपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै सीमा विवाद समाधान गर्नका लागि नेपाल र भारत सरकारलाई तत्काल कुटनीतिक पहल गर्न समेत नेकपाले भारतलाई आग्रह छ ।

नेकपाद्धारा जारी विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार