कास्की । पाेखरामा पार्किङ गरेर राखेको वडा अध्यक्षको गाडीमा बस विष्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट भएको हो ।
आचार्य वडा १७ मा रहेको आफ्नै घरमा बस्दै आएका थिए । उनको घरमै पार्किङ गरेर राखेको गाडीमा बन नै विष्फोट बताएको बताएका छन् । बम विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति भएको छ ।
आचार्यको गाडीमा कस्ले र किन बम विष्फोट गाराएको हो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।










