लण्डन । कोरोना संक्रमणबाट बेलायतमा थप एक नेपाली भूपू गोरखा सैनिकको मुत्यु भएको छ । मृत्यु हुनेमा ७७ वर्षीय भूपू गोरखा सैनिक कर्णबहादुर राई रहेका छन् ।
कोरोना संक्रमण देखिएपछि १० दिनदेखि मेडिस्टोन अस्पतालमा उपचाररत राईको शनिबार मृत्यु भएको हो । उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
लण्डनस्थित नेपाली दूतावासका अनुसार उनको नेपाल घर ताप्लेजुङको मैवाखोला हो । उनी विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए ।
दूतावासका अनुसार अहिलेसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ, भने सयौं सक्रमति छन् ।