काठमाडौं । पहिचानवादी मोर्चाको हङकङ प्रवास समिती गठन भएको छ । मोर्चाको सङ्घिय संयोजक प्राडा महेन्द्र लावतीको उपस्थिती हङकङमा प्रवास समिति गठन भएको हो । समसेर तुम्बाहाम्फेको संयोजकत्वमा २२ सदस्यीय संयुक्त पहिचानवादी मञ्च हङकङ गठन गरिएको मार्चाका संयोजक लावतीले जानकारी दिए ।
हङकङमा ‘मोर्चा’ शब्द प्रयोगमा बन्देज गरिएको हुनाले ‘मञ्च’ शब्द प्रयोग गरिएको समेत उनले बताए ।
तुम्बाहाम्फे संयोजक रहेको समितिमा सदस्य सचिव आइन्बा पोमु, कोषाध्यक्ष खगेन्द्र लावती, प्रवक्ता हाङ्सो अरुम्हाङ छन भने सदस्यहरुमा चन्द्रमान पाख्रिन, रबिन नाल्बो, मौसम इम्बुङ, माया कुरुम्बाङ, तिलक गुरुङ्ग, कमानध्वज लावती, माया राई, नवीन सुहाङ, तिलक सोमै मगर, एन्जिला शेर्पा, नवराज काङ्बाङ र लोकेन थाम्सुहाङ रहेका छन् ।
त्यस्तै मञ्चको सल्लाहकारहरुमा एम बि थापा मगर, रबिन लिङ्देन, जीवन मेयाङ्बो, जे बि ओख्राबु, कृष्ण राज लावती र टन्क सम्बाहाम्फे रहेका छन् ।
पहिचानवादी मोर्चाका सङ्घिय संयोजक प्राडा लावतीकाअनुसार अमेरिकाको क्यालिफोर्निया, टेक्सास र न्युयोर्क एरिया, क्यानाडा र युकेमा पनि समितिहरु गठन भइसकेका छन् । मोर्चाले आगामी दिनमा अन्य ठाउँहरुमा पनि प्रवास समितिहरु गठन गर्दै जाने संयोजक प्राडा लावतीले बताए ।
कोशी प्रदेश नामांकरण खारेजीसंगै नेपालमा पहिचानवादीहरु नयां ढंगले संगठित हुँदै गइरहेको देखिन्छ ।
देशका आदीवासी, जानजातिहरुलाई राज्यले सदियौंदेखि उपेक्षा र उत्पीडनमा राखेको भन्दै त्यसका विरुद्ध पहिचानवादीहरु संगठित हुँदै आन्दोलन गरिरहेका छन् । कोशी प्रदेश नामांकरण खारेजीसंगै पछिल्लो समय मुक्कुम्लुङ पाथीभारा केवलकार निमार्ण विरुद्ध पहिलचानवादी शक्तिहरु आन्दोलित छन् ।