अमेरिकामा भव्य सम्पन्न फस्ट टपशप काठमाण्डौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डमा सुनिता दुलाल उत्कृष्ट लोकदोहोरी गायिका घोषित

न्यूयोर्क। नेपाली संगीत र चलचित्र क्षेत्रको उत्कृष्टतालाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने उद्देश्यले आयोजना गरेको ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए’ २०२५ न्यूयोर्कमा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त म्युजिक एण्ड फिल्म अवार्ड युएसए २०२५ मा गायक रामजी खाँड र गायिका सुनिता दुलाल उत्कृष्ट गायक गायिका घोषित भए । गायक रामजी खाँडले बन्दिपुरे सोल्टिनी गीतबाट अवार्ड चुमे भने लोकप्रीय गायिका सुनिता दुलालले “नबोल अरुसँग ” गीतबाट अवार्ड चुम्न सफल भएकी हुन।

समारोहको आयोजना टप शप काठमाडौंको प्रस्तुतिमा रेभेल इभेन्ट्स इंक , बुद्ध ट्याक्स एकाउन्टीङ्ग र शतिसाल ग्रुप एल . एल . सि – यू एस ए को सयुक्त आयोजनामा फस्ट टप शप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड यु एस ए २०२५ को भव्य आयोजना भएको थियो।

फस्ट टपशप काठमाण्डौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड को आयोजकहरुमा रेवेल इभेन्ट्सका तर्फबाट राजेश हमाल, इत्ना कार्की, निश्चल वाइबा, बुद्ध ट्याक्स एकाउन्टिङ्गको तर्फबाट पशुपति श्रेष्ठ र शतिसाल ग्रुप एलएलसी युएसए का तर्फबाट लकेश श्रेष्ठ र सजना महर्जन रहेका थिए । अवार्डको टाइटल स्पोन्सर ( शिर्षक प्रायोजक ) टपशप काठमाडौंले गरेका थिए ।

टपशप काठमाडौंको तर्फ बाट टपशप काठमाडौं को चेयर म्यान सुभाष श्रेष्ठ र तेम्बा एन लामा रहेको थियो। आयोजकहरु क्रमश गायक राजेश हमाल , पशुपति श्रेष्ठ, र लकेश श्रेष्ठले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै अवार्ड समारोह औपचारिक रूपमा प्रारम्भ भएको थियो।

यस अवार्डले नेपाली म्युजिक , कला र फिल्म क्षेत्रलाइ संरक्षण गर्ने आयोजक पशुपति श्रेष्ठले विश्वास ब्यक्त गरे समारोहलाई विशेष सम्बोधन गर्दै आयोजक लकेश श्रेष्ठले भने नेपाली सांगितिक क्षेत्र र फिल्मी क्षेत्रमा अतुलनीय योगदान पुर्याएका चर्चित हस्तिहरुलाई अमेरिकि इतिहासमै पहिलो पटक भएको नेपाली म्युजिक एण्ड फिल्म अवार्ड एउटै ऐतिहासिक ग्लोबल स्टेजमा चर्चित हस्तिहरुलाई सम्मान गर्न पाउदा गौरवान्वित हुनुको साथै इतिहास रच्न सफल भएको र नेपाली संगीत , कला र फिल्मी क्षेत्रलाई अन्तराष्ट्रीय स्तरमा प्रवर्धन गर्दै विश्व बजारीकरण गर्न यस अवार्ड समारोहले विशेष टेवा पुर्याउने बताएका छन।

फस्ट टपशप काठमाण्डौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट संगीतरत्न शम्भूजित बासकोटा र पपसम्राट ओमविक्रम विष्ट सम्मानित भए । संगीत क्षेत्रमा पाँच दशकसम्म पनि निरन्तर योगदान दिइरहनुभएको कारण एक हजार डलरसहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको र यसरी विशेष व्यक्तित्वहरु सम्मान गर्न पाउदा आफु अत्यन्तै हर्षित भएको र यस किसिमका विशेष सम्मानले कलाकारहरुमा हौसला पैदा भएको आयोजक गायक राजेश हमालले बताएका छन।

कार्यक्रम अमेरिकी राष्ट्रगान र नेपाली राष्ट्रगानबाट सुरु भएको उक्त कार्यक्रममा दिपेशकिशोर भट्टराई, मदनसिंह नेपाली, मोहन भुसाल, रीमा गुरुङ होडा, दुर्गा गुरुङ , दुर्गा गुरुङ , मालिका कार्की, सन्तोष लामा, अनिश (ओकली) तथा सशी रावलले गायन प्रस्तुत गरेका थिए ।
 
फस्ट टपशप काठमाण्डौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड समारोहमा निर्देशक शंकर घिमिरेले चलचित्र तेल भिसाका लागि उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भए । त्यस्तै तेल भिसाबाट नै अभिनेत्री ऋचा घिमिरे सहायक अभिनेत्री घोषित भएकी छिन् भने अन्जय खड्काले उत्कृष्ट चलचित्र सम्पादनको अवार्ड चुम्न सफल भए ।

त्यसैगरी नायिका निति शाह ज्वाई साहेबका लागि उत्कृष्ट नव–अभिनेत्री भएकी छिन् भने चलचित्र ह्वस्व दीर्घबाट प्रशान्त ताम्राकार उत्कृष्ट खलपात्रको अवार्ड चुम्न सफल भए । उनीहरुलाई महानायक राजेश हमालको हातबाट अवार्ड प्रदान गरिएको थियो । 
फस्ट टपशप काठमाण्डौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड मा चलचित्र पूर्णबहादुर सारङ्गी वर्षको ब्लकबस्टर चलचित्र घोषित हुँदै चार विधामा अवार्ड चुम्न सफल भयो भने अभिनेता विजय बराल उत्कृष्ट अभिनेता भए । चलचित्र पूर्णबहादुरको सारङ्गीको गीत रैयाँ चाँदीबाट नै संगीतकार आशिष अविरल उत्कृष्ट पाश्र्व गायक बन्न सफल भ एभने प्रशान्त शिवाकोटी उत्कृष्ट संगीतकार बन्न सफल भए ।

चलचित्र छक्कापञ्जा ५ बाट केदार घिमिरे उत्कृष्ट हाँस्यकलाकार बन्न सफल भए भने चलचित्र बेहुली फ्रम मेघौलीबाट अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री बन्न सफल भइन् । चलचित्र महाजात्राबाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार बन्न सफल भए भने चलचित्र शाम्भाला उत्कृष्ट चलचित्र बन्यो । नवनायकको अवार्ड चलचित्र बाह्रगाउँबाट समीर भट्टले अवार्ड चुम्न सफल भए गायिका समिक्षा अधिकारी चलचित्र बोक्सीको घरबाट उत्कृष्ट पाश्र्व गायिका बन्न सफल भइन् । चलचित्र पूजार सार्कीबाट सहअभिनेताको अवार्ड अभिनेता आर्यन सिग्देलले अवार्ड चुमे भने पपुलर अभिनेता अफ दि इयर दयाहाङ राई र पपुलर चलचित्र गीत रुकुमैकोट चुम्न सफल भयो ।

त्यसैगरी ८८४८ म्युजिक एण्ड फिल्म अवार्डमा संगीत विधातर्फ इतिहास तिम्रो मेरोबाट उत्कृष्ट युगल गायनको अवार्ड आश्रा कुँवर र नितेशजंग कुँवरले चुम्न सफल भए । उत्कृष्ट गायक सुशान्त केसी –बार्दली), उत्कृष्ट गायिका तिर्सना गुरुङ –नाम के हो भन)ले अवार्ड चुम्न सफल भए । त्यस्तै कश्मिरे पछ्यौरीबाट बाबुकृष्ण परियारले सर्वोत्कृष्ट लोकदोहोरीको अवार्ड चुम्न सफल भए उत्कृष्ट लोकदोहोरी युगल गायनबाट खेम सेन्चुरी र दिपिका बयम्बुले मायालाई पानको पात गीतबाट अवार्ड चुम्न सफल भए । पपुलर म्यूजिक भिडियो कोरियोग्राफर आगो लाइदिन्छु गीतबाट राहुल शाहले अवार्ड जित्न सफल भए ।

दुर्गेश थापाको दुश्मन हेरेको हेरै वर्षको पपुलर गीत बन्न सफल भयो भने चिलमा ¥याप गीतबाट जीवब उत्कृष्ट ¥यापर बन्न सफल भए । पपुल म्यूजिक भिडियो बार्दली गीतले चुम्यो भने उत्कृष्ट म्यूजिक भिडियो निर्देशक कुनै दिनबाट सुब्रतराज आचार्यले चुम्न सफल भए । शान्तिश्री परियारले गोर्खे खुकुरीबाट उत्कृष्ट गायिका लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भइन् भने गीतबाट पपुलर म्यूजिक भिडियो मोडल अकेशा विष्ट (तिमीलाई), पपुलर म्यूजिक भिडियो सम्पादक कृष्ण भण्डारी (एक्लै भएँ नि) र पपुलर म्यूजिक भिडियो छायाँकार रुपेश थापा (दुश्मन हेरेको हेरै) उत्कृष्ट बन्न सफल भए ।

त्यसैगरी विशेष योगदान अवार्डबाट चलचित्रकर्मी नवराज श्रेष्ठ, जुबिली शेर्पा र कस्टम डिजाइनर शम्भू पुरीलाई सम्मानित गरियो भने गीतकार रविकिरण अधिकारीलाई जुरी अवार्ड गीतकारको अवार्ड प्रदान गरियो ।
कार्यक्रममा कलाकार, संगीतकार र चलचित्रकर्मीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा क्रमस गायक प्रकाश गुरुङ, गायक संगीतकार मदन सिंह नेपाली, गायक प्रकाश श्रेष्ठ, निर्देशक नारायण पुरी, अभिनेता सुशील क्षेत्री, अभिनेत्री पूजा चन्द, गायक राम श्रेष्ठ, निर्देशक किशोर सुब्बा , गायिका बीमा कुमारी दुरा, फोटोग्राफर राजिव श्रेष्ठ, गायिका सपना परियार, संगीतकार राजेन्द्र कर्ण तथा संगीतकार न्हुच्छे डंगोल रहेका थिए ।

त्यस्तै विदेशमा रहेका नेपाली संगीतका गोल्डेन स्टारहरूलाई पनि सम्मान गरिएको थियो जसमा राजु लामा (एन्जल ब्याण्ड), दिपेश किशोर भट्टराई, जेम्स प्रधान, सञ्जीव प्रधान, रीमा गुरुङ होडा, हरी कर्माचार्य, तिलक बम मल्ल, अनिश ओकली तथा मोहन भुसाल रहेका थिए । यस अवार्डको सहप्रायोजकमा समिप इन्टरटेन्मेन्ट प्रबद्र्धक , एक्स रियालिटी (सिर्जना पौडेल), प्रायोजक द थ्रीडी क्रिस्टल रहेको थियो ।

अवार्डको इभेन्टस् पार्टनरहरुमा इसेन्स स्माइल्स्, मामा भान्जा ग्रुप, सुबी इन्टरटेनमेन्ट, यात्री, सुनौलो इभेन्ट रहेका थिए । इभेन्टस् संयोजकमा जेम्स प्रधान र सूर्य सिंखडा रहेका थिए भने सल्लाहकारमा कृष्ण मल्ल, रविन्द्र खड्का र छेवाङ शेर्पा रहेका छन् । त्यस्तै अवार्डको निर्णायक मण्डलमा पत्रकार भरत शाक्य, वरिष्ठ ड्रमर देव राना, चलचित्रकर्मी राजेश महर्जन रहेका थिए ।

BI – STREAMS AMN-USA ले कार्यक्रमको प्रारम्भ देखि अन्त्यसम्म प्रत्यक्ष प्रसारण गरेको थियो। अवार्ड समारोहलाई आकर्षक र रोचक बनाउदै प्रत्यक्षप्रसारण मार्फत संसारभर खबर सम्प्रेषण गरेका BI – STREAMS AMN – USA , संचारकर्मीहरु प्रविन भट्टराई , एड्रीन पोखरेल , मनोज बस्नेत , अर्जुन प्रधान , सम्राट कार्कि लगायत सम्पुर्ण टिमप्रति आयोजक परिवारले हार्दिक आभार ब्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार