आजबाट लकडाउन कडा, जिल्लाभित्रका सवारी पास पनि रद्द


काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि  नेपाल पनि चैत्र ११ गतेबाट लकडाउनमा छ । लकडाउनकै बीच पनि सरकारले अतिआवश्यक सवारी साधन र केही पास दिएर सवारी साधन चलाउदै आएको थियो ।

पछिल्लो समय उपत्यका भित्र र बाहिर जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सबै पासहरु गृहमन्त्रालयले रद्द गरेको छ । आजबाट जिल्ला भित्रैका सवारीपास पनि रद्द गरिएका छन् ।

यसअघि जेठ १ गतेबाट एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास रद्द गरिएका थिए । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा लकडाउनकै बेला पनि मान्छेहरु अनेक बाहानामा सवारी लिएर सडकमा निस्किन थालेपछि संक्रमणको जोखिम बढ्दै गइरहेको छ । संक्रमण बढ्न नदिनका लागि सरकारले लकडाउनलाई कडा पारेको बताएको छ ।

अब अतिआवश्यक पास चाहिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारणसहित निवेदन दिनुपर्ने छ । उक्त निवेदन हेरेर प्रमुख जिल्ला अधिकारीले पास जारी गर्नेछन् ।

सवारीका साथै पैदल पनि हिड्न नपाइने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार