
बाँके । बाँकेमा भएको सवारी दुर्घनामा परी ज्यान गुमाउनेहरु दाङ, रोल्पा, सुर्खेत र सल्यानका स्थानीय भएको खुलेको छ । बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा दाङका २ , सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जना रहेको प्रहरीले जनाएको छ । भारतबाट घर फर्किएका उनीहरुलाई बोकेको गाडी गएराति रोकिराखेको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।
मृतकमध्ये ११ जना पुरुष र १ महिला रहेकी छन् ।
मृतक र घाइते सबैको कोरोना परीक्षण गरिने
दुर्घटनामा परी मृत्यु भएका र घाइते सबैको कोरोना परीक्षण गरिने अस्पतालले जनाएको छ । उनीहरु सबै भारतबाट फर्किएकाले कोरोना परीक्षण गर्न लागिएको बताइएको छ ।









