
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा २३ सहित थप २५५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा बुधबार दिइएको जानकारी अनुसार काठमाडौंमा १६ र ललितपुरमा ७ सहित २५५ जना कोरोना पुष्टि भएको छ । योसंगै अहिलेसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २५३ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनकाअनुसार नेपालमा अहिलेसम्म कारोना निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको हुने संख्या ७ हजार ७५२
पुगेको छ ।










