नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदभार ग्रहण


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन् । आज महासंघको केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका छन् ।

महासंघको सम्पन्न ६० औं साधारणसभा र निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । श्रेष्ठ यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष सिधै अध्यक्ष हुने प्रावधान छ भने अन्य पदाधिकारीहरु निर्वाचनमार्फत चयन हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार