हर्क सम्पाङ आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरसँग रिसाए


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले आफ्नै पार्टीबाट उपसभामुख बनेकी रुवीकुमारी ठाकुरसँग असन्तुष्टी पोखेका छन् ।
संवैधानिक परिषद सदस्य समेत रहेकी ठाकुरले प्रधानन्यायाधीश सिफारिसका सन्दर्भमा डा. मनोज शर्माका पक्षमा हस्ताक्षर गरेको भन्दै सम्पाङ रुष्ट बनेका हुन् । विधि र वरियता मिचेर सरकारले प्रधानन्यायाधीश सिफारिस गरेको कार्यमा उपसभामुख समेतले हस्ताक्षर गरेको प्रति सम्पाङको पार्टीले खेद प्रकट गरेको छ ।
सर्वोच्चका न्यायाधीशहरुमा चौथो नम्बरमा रहेका शर्मालाई वरियता मिचेर प्रधानन्यायाधीश सिफारिस गर्नु भनेको सरकारले विभिन्न विवादित मुद्दाहरुलाई प्रभावित पार्न खोज्नु हो भन्दै सम्पाङले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विज्ञप्ती पढ्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार